१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साइवर भोलेन्टरको रूपमा सक्रिय बन्न बस्नेतको आग्रह


0
Shares

सिन्धुली । नेकपा नेता एवं केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले साइवर भोेलेन्टरको रूपमा टोल–टोलमा सक्रिय हुन युवालाई आग्रह गर्नुभएको छ ।

जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा केपी ओली समूहले आयोजना गरेको र्‍याली र सभालाई सम्बोधन गर्दै उहाँले साइवर भोेलेन्टरको रूपमा टोल–टोलमा सक्रिय हुन आह्वान गर्नुभएको हो । साथै उहाँले प्रधानमन्त्रीको कदमलाई साथ दिनुपर्नेमा जोड दिनुभयो ।

नेता बस्नेतले प्रचण्डले विगतमै ओलीलाई अपदस्त गर्ने षड्यन्त्र गर्दै आएको भन्दै सोही कुरा बुझेर प्रधानमन्त्री ओलीले पछिल्लो कदम चालेको बताउनु भयो । यसै क्रममा सदरमुकाम सिन्धुलीमाडीमा रहेको नेकपाको पार्टी कार्यालय ओली पक्षधरले आज कब्जा गरेको छ