१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्यान्चेस्टर युनाईटेड र टोटनह्याम काराबाओ कपको सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं । प्रिमियर क्लबहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनल खेलमा प्रिमियरसिप प्रतिद्वन्द्वी एभर्टनलाई २–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड सेमिफाइनलमा पुगेको हो ।

म्यान्चेस्टरलाई विजयी गराउन खेलको अन्तिम समयमा एडिन्सन काभानी र एन्टोनियो मार्टियलले एक एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर युनाईटेडले आफ्नै शहरको प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीविरुद्ध सेमिफाइनलको भिडन्त तय गरेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा टोटनह्याम हट्सपर र ब्रेन्टफोर्ड भिड्नेछन् ।

गएराति भएको क्वाटरफाइनल खेलमा स्टोक सिटीलाई ३–१ ले हराउँदै टोटनह्याम सेमिफाइनलमा पुगेको हो ।

स्टोक विरुद्धको खेलमा टोटनह्यामलाई विजयी गराउन ग्यारेथ बेल, बेन डेभिस र ह्यारी केनले एक एक गोल गरे । एजेन्सी