१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकाबाट फैलिएको खुलासा


0
Shares

काठमाडौं । बेलायतले देशमा हालै देखा परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको छ ।

बेलायतको स्वास्थ्य मन्त्री मैट हैनकाकले दक्षिण अफ्रिकाको भ्रमणबाट बेलायत फर्केका दुई बेलायती नागरिकबाट यो भाइरस फैलिएको जानकारी दिंदै दक्षिण अफ्रिाकाबाट बेलायतमा फैलिएको दाबी गर्नुभएको हो ।

नयाँ भेरिएन्टबाट संक्रमित व्यक्तिमाथि गरिएको अनुसन्धानमा दक्षिण अफ्रिकाबाट हालै बेलायत फर्केका दुई व्यक्तिबाट यो भाइरस फैलिएको पुष्टि भएको स्वास्थ्यमन्त्री हैनकाकको भनाइ छ ।

यो पुष्टि सँगै आफ्ना नागरिकलाई दक्षिण अफ्रिाकाको भ्रमणमा बेलायत सरकारले रोक लगाएको छ ।

यसैबीच दक्षिण अफ्रिाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइलले पनि आफना देशका स्वस्थ नागरिकहरु बिरामी पर्न थालेकोले यसको अध्ययन भइरहेको जानकारी दिनुभएको छ ।

अध्ययन अनुसन्धानमा जुटेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले नयाँ भेरिएन्ट तेज गतिमा फैलिरहेको र यसले दक्षिण अफ्रिकी मुलुकहरु पुरै प्रभावित हुने आँकलन गरेको छ । एजेन्सी