१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्षैपिच्छे घट्दै अलैँचीको मूल्य


0
Shares

काठमाडौं । पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोत मानिएको अलैँचीले सोचेजस्तो मूल्य नपाउँदा कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ ।

गत वर्ष अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए । तर, बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि किसानमा थप निराशा छाएको छ । भाउ घटे पनि फेरि बढ्ने आशामा किसानले अलैँची खेतीलाई निरन्तरता दिइरहेका छन् । तर, अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने संकेत देखिँदैन ।

हालसम्म नेपालमा उत्पादित अलैँची भारतबाहेकका अन्य मुलुकहरूमा सिधै निर्यात हुन सकेको छैन । अहिले प्रदेश १ का पहाडी जिल्लाहरूमा प्रतिमन २५ हजार ५०० रुपैयाँका अलैँचीको कारोबार भइरहेको छ । गत वर्ष प्रतिमन २६ देखि २७ हजार रुपैयाँका दरले अलैँची खरिदबिक्री भएको थियो ।