
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संशोधन गर्नुपर्ने भन्दै अर्को सहायता सम्बन्धी विधेयक फिर्ता पठाएपछि अमेरिकी कंग्रेसका सांसादहरुले विरोध जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले अर्बौं डलर बराबरको राहत प्याकेजसम्बन्धी विधेयक फिर्ता पठाएसँगै डेमोक्र्याट र रिपब्लिकनहरुले चर्को आलोचना गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण अफ्ठेरोमा परेकाहरुलाई आर्थिक राहत दिनेसम्बन्धी उक्त विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रपति ट्रम्पले फिर्ता पठाएपछि सांसदहरु रुष्ट बनेका हुन् ।
यसअघि संसदका दुवै सदनले कोरोना राहत प्याकेजका लागि संघीय बजेट ल्याउने सहमति गरिसकेकाले सोही प्रकृतिको अर्को राहत प्याकेज आवश्यक नहरेको ट्रम्पको तर्क छ ।
राष्ट्रपति ट्रम्पले संसदमा हस्तक्षेप गरेको भन्दै तल्लो सदनमा पेश भएको संघीय खर्चमा वैदेशिक सहायता कटौती गर्ने प्रस्ताव डेमाक्र्याटहरुले रोकेका थिए ।
यस्तै रिपब्लिकनहरुले पनि आर्थिक सहायतामा २ हजार डलर बढाउनुपर्ने प्रस्तावको विरोध गरेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्