१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनबारे संवैधानिक इजलासमा आज एकमुष्ठ सुनुवाई हुँदै


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा एकमुष्ठ सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलासमा गत बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटलाई संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो ।

सोही अनुसार आज संवैधानिक इजलासमा सबै रिटको सुनुवाई हुने भएको हो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासबाट आएका १२ सहित संवैधानिक इजलासमै परेको अर्को एउटा रिटको समेत सुनुवाई हुन लागेको हो ।

यसअघि गत बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गर्नुभएको थियो ।

वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाउनुभएको थियो ।

प्रधानन्यायाधीश राणाले संविधानको धारासँग सम्बन्धी भएकाले संवैधानिक प्रश्न रहेको भन्दै पूर्ण बृहत इजलाश नभई संवैधानिक इजलासकै क्षेत्राधिकारभित्र पर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा भंग गरेपछि सर्वोच्चमा १३ वटा रिट परेका छन् ।