
काठमाडौं । विश्वभरका इशाई धर्मावलम्बीहरुले आज क्रिष्टमस पर्व मनाउँदै छन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ ।
खासगरी पश्चिमा देशहरु तथा क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्यता रहेका देशहरुका यो पर्वले विशेष महत्व राख्दछ ।
यसपटक संसारभर कोरोना भाईरसको महामारीले गर्दा क्रिष्टमसको रौनक औपचारिकतामै सिमित भएको छ ।
ठूला समारोह र भिडभाड नगर्न सम्बन्धित देशहरुले कडा मापदण्ड लागू गरेसँगै यसपटकको क्रिष्टमस खल्लो भएको छ ।
बेलायतलगायतका युरोपका कतिपय देशहरुले लकडाउन खुकुलो पारेका समेत छैनन् ।
यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।
नेपालको संविधान २०७२ ले देशलाई धर्म निरपेक्ष बनाएसँगै पछिल्ला वर्षहरुमा क्रिष्टमस पर्वको रौनक यहाँ पनि बढिरहेको छ ।
आजभन्दा दुई हजार १९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्