
डोटी । स्कार्पियोको ठक्करबाट डोटीमा एक जनाको मृत्युु भएको छ ।
शिखर नगरपालिका-६ कोटगाउँमा स्कार्पियोको ठक्करबाट मोहन बलायरका ६ बर्षिय छोरा गौरब बलायरको मृत्यु भएको हो ।
धनगढी तर्फ जाने गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करले गम्भीर घाइते भएका गौरबको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
चालक महादेब गिरी र गाडीलाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्