
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
हिजो सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार आज साढे ९ बजे सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला हुनेछन् ।
त्यसपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको प्रवक्ता नाराायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूपक्षीय धेरैभन्दा धेरै कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
पार्टीबाट घोषित कार्यक्रमअनुसार आजै २ बजे अध्यक्षहरुका तर्फबाट पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
प्रचण्ड–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति पनि गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस्