
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ ।
हालसम्म नेताहरू महेश आचार्य, एनपी साउद, डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, गगनकुमार थापा, प्रकाशमान सिंह, विमलेन्द्र नीधि र अर्जुननरसिंह केसीले धारणा राखेका छन् ।
सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध संघर्षका कार्यक्रम तय गर्न भन्दै केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।
हिजोको बैठकले यही पुस १३ गते १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्