३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेपाल तरूण दलले संसद विघटनविरुद्ध आन्दोलन गर्ने


0
Shares

काठमाडौं । नेपाल तरूण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेकोले त्यसको विरोधमा आन्दोलन गर्ने भएको छ ।

जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै अध्यक्ष जितजंग बस्नेतले कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएकोले सक्रिय रूपमा भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको हो ।

आज परिपत्र गर्दै अध्यक्ष बस्नेतले विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्रमा कार्यकर्ता परिचालन गर्न निर्देशन दिनुभएको छ ।

साथै पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि तरूण दललाई अध्यक्ष बस्नेतले निर्देशन दिनुभएको छ ।