१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आप्रवासीलाई फ्रान्सले नागरिकता दिने


0
Shares

काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सयौँ आप्रवासीहरुलाई फ्रान्स सरकारले नागरिकता प्रदान गर्ने भएको छ ।

कोभिड–१९ विरुद्धको प्रयासमा मद्दत गर्ने सबै आप्रवासीहरुलाई उपहार स्वरुप फान्स सरकारले स्थायी नागरिकताका लागि आवेदन दिन सक्ने बताएको बीबीसीले जनाएको छ ।

कार्यक्रमअन्तर्गत अहिले सरसफाइ गर्नेहरुदेखि, पसल चलाउने र स्वास्थ्यकर्मीहरु समावेश ७०० भन्दा धेरै नयाँ नागरिकता प्राप्त गर्ने अन्तिम चरणमा रहेका छन् ।

विश्वव्यापीरुपमै अग्रपक्तिमा खटिएका मानिसहरु कोभिडबाट सबैभन्दा बढी संक्रमित छन् भने ज्यान जोखिममा पारेर भए पनि उनीहरु आफ्नो काम र जिम्मेवारी पूरा गरिरहेका छन् ।

बिरामीको उपचारकै क्रममा डाक्टर, नर्सलगायत अनगिन्ती स्वास्थ्यकर्मीहरुको मृत्यु पनि भइसकेको छ ।

यो नयाँ व्यवस्था अन्तर्गत् सरकारले फ्रान्समा दुई वर्षमात्र बसेको भएपनि फ्रन्टलाइनमा खटेकाहरुलाई नागरिकता पाउनयोग्य भएको बताएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकहरुमा फ्रान्स पनि शीर्ष दशमा पर्दछ । जहाँ २५ लाख बढी बिरामी छन् भने ६२ हजारको मृत्यु भइसकेको छ ।

नागरिकताले पुरस्कृत गर्ने योजनाबारे सेप्टेम्बरमा नै घोषणा गरिएको थियो । तर अहिले ७० भन्दा धेरै आप्रवासीहरुले फ्रेन्च पासपोर्ट प्राप्त गरिसकेका छन् । एजेन्सी