१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


0
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशका ४५ सांसदले पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरु सबै नेकपा प्रचण्ड–माधव समूहका हुन् ।

शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।

यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।