
काठमाडौं । साताको अन्तिम कारोबार हुने दिन सुनको मूल्यमा सामान्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार ९४ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार छापावाल सून शुक्रबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको तेजावी सुनमा पनि शुक्रबार १ सय रुपैयाँ बढेको छ ।
शुक्रबार चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो एक सातामा सुनको मूल्यमा खासै उचारचढाव आएको छैन । कारोबार हुने साताको पहिलो दिन ९४ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य साताको अन्तिम दिन ९४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्