
नवलपरासी । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले शुक्रबार सदरमुकाम परासीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानविपरीत संसद् विघटन गरेर गणतन्त्र र संघियताको घाँटी निमोठेको आराेप लगाउँदै जसपाका कार्यकर्ताहरू उनीहरूको पुत्ला जलाउँदै विरोध प्रदर्शनमा उत्रिएका थिए । विरोध कार्यक्रमपछि आयोजित कोणसभामा जसपाका नेताहरूले नेकपाको आन्तरिक झगडाले मुलुक संवैधानिक संकटमा परेकाले संविधान रक्षाका लागि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जसपाले शुक्रबार देशभरका ७७ वटै जिल्लामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रम राखेको थियो । खोटाङका जसपा कार्यकर्ताले पनि दिक्तेलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्