१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिक्री नखोल्दा वनमै कुहिए लाखौँका काठदाउरा


0
Shares

सिन्धुली । सरकारले वन पैदावरको निकासी र विक्री वितरणमा रोक लगाएपछि सिन्धुलीका भूकम्प पीडितहरूलाई सुरक्षित घर आवास निर्माण गर्न समस्या भएको छ । सरकारले काठ बिक्री वितरणमाथि लगाएको प्रतिबन्ध फुकुवा नगर्दा सुरक्षित घर निर्माण गर्न समस्या परेको हो ।

त्यसैगरी दाह संस्कार गर्ने घाटहरूमासमेत दाउराको अभाव हुन थालेको छ । करोडौं रुपैयाँका साल सिसौ लगायतका काठ दाउरा जंगलमै सड्न थालेका छन् । सरकारले लगाएको प्रतिबन्ध एक वर्ष बितिसक्दासमेत फुकुवा हुन सकेको छैन । उपभोक्ताले भने दाउराको समस्या बढ्दै गएकाले प्रतिबन्ध चाँडो फुकुवा गर्न माग गरेका छन् ।

लामो समयसम्म दाउरा र काठ बिक्री वितरण बन्द हुँदा दाउरा बेचेर जिविकोपार्जन गर्नेहरूको रोजीरोटी बन्द हुने अवस्थामा पुगेको छ । सिन्धुलीको मरिण क्षेत्रका क्यानेश्वर, डाडीगुरासे, महादेवस्थान, पिपलमाडी, महेन्द्रझाडी लगायतका करिब एक दर्जन भन्दा बढी सामुदायिक वन क्षेत्रमा रहेका करौंडौं मूल्यका काठ सडेर जान थालेका छन् ।