१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा जसपाको प्रदर्शन, ओलीको पुत्ला जलाइयो


0
Shares

सप्तरी । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार सप्तरीमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सहिद दशन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका छन् ।

प्रदर्शनकारीले ‘ओली सरकार मुर्दावाद’, ‘झुट्टा मुद्दा खारेज गर’, ‘प्रतिनिधि सभा विघटन खारेज गर’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपा नेताहरूले विघटनको निर्णय खारेज नगरिएसम्म आन्दोलन जारी रहने बताए । प्रदर्शनलाई ध्यानमा राखेर सदरमुकाम राजविराजमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जनता समाजवादी पार्टीले शुक्रबार देशभरका जिल्ला सदरमुकामहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रम तय गरेको थियो । त्यसै अनुरूप अन्य जिल्लाहरूमा पनि प्रदर्शन भएका छन् ।