१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा उल्लासविहीन क्रिसमस


0
Shares

पोखरा । कोरोना भाइरसको महामारीका कारण यस बर्षको क्रिसमसमा पोखरामा कुनै उल्लास देखिएन । यसअघिका क्रिसमसमा झकिझकाउ हुने पर्यटकीय स्थल पोखरामा यसपटक भने विदेशी पर्यटक देख्न मुस्किल भएको छ ।

पर्यटकहरूको आगमन नभएसँगै उनीहरूको मनोरञ्जनको लागि होटल तथा रेस्टुरेन्टले गर्ने कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन् । कोरोना भाइरसको महामारीका कारण व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन् ।

पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ छ । व्यापार व्यवसाय नभएपछि व्यवसायीहरूले यसपटकको क्रिसमस खल्लो भएको प्रतिक्रिया दिएका छन् ।