
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । शुक्रबार साँझ ओलीले पाँच जना नयाँ मन्त्री थप गर्नुभएको हो ।
ओलीले टोपबहादुर रायामाझीलाई उर्जा, प्रभु शाहलाई श्रम, दावा लामालाई शिक्षा, मणि थापालाई पर्यटन र गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
नवनियुक्त मन्त्रीहरूलाई साँझ सपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।
पार्टीमा विवाद आएपछि दाहाल–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए । मन्त्रीहरूकाे राजीनामापछि मन्त्रालयको काम प्रभावित भएकाले मन्त्रीमण्डल विस्तार गरिएकाे बालुवाटार श्राेतले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्