१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनुमति बिनै सिनेमा हल खुल्याे


0
Shares

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण झण्डै ९ महिनादेखि बन्द रहेका सिनेमा हलहरू शुक्रबारदेखि सञ्चालनमा आएका छन् । सिनेमा हलहरू खोल्ने आग्रहलाई सरकारले नसुनेपछि सञ्चालकहरूले शुक्रबारदेखि अनुमति विनै हल सञ्चालन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले भने कारबाही गर्ने चेतावनी दिएको छ ।

हल संचालकहरुको छाता संस्था नेपाल चलचित्र संघले पुस १० गतेबाट चरणवद्ध आन्दोलन गर्ने भन्दै एकलौटी रूपमा हल खोल्ने निर्णय गरेको हो । आफूहरू कारबाही भोग्न तयार रहेको तर, काठमाडौमा पुनः सञ्चालनमा आएको हल बन्द नगर्ने हल सञ्चालकको अडान पछि जिल्ला प्रशासनको आग्रहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित संघका पदाधिकारीबीच वार्ता भएको छ ।

छलफलमा चलचित्र हल खुलाउन आग्रह गर्नेसहितको पत्र सीसीएमसीलाई लेखेर पठाउने निर्णय भएको थियो । उक्त निर्णयलाई मन्त्रिपरिषद बैठकमा पेश गरिएको छ । उपत्यकाका अधिकांश हल सञ्चालनमा आए पनि मोफसलका मुख्य शहरमा मात्र हलहरू सञ्चालनमा आएका छन् । लक डाउनले गर्दा गत चैतमा रोकिएका चलचित्रहरु नै पुनः प्रदर्शन गरिदा पाँच प्रतिशत दर्शकको मात्र उपस्थिति छ ।्

कोभिड–१९ मापदण्ड पालना गर्दै सञ्चालनमा ल्याइएको हलमा सामाजिक दूरी, सरसफाइ र मास्क अनिवार्य गरिएको छ । एकै घरका दर्शक बाहेकको हकमा एक सिट खाली राखेर चलचित्र प्रदर्शन गरिएको छ । शुक्रबार आमा, सेन्टी भाइरस, इन्टु मिन्टु लन्डनमा, ब्लडसट र इन्भिजिबल म्यान प्रदर्शन गरिएको थियो भने नयाँ चलचित्र प्रदर्शन नहुँदासम्म पुराना चलचित्रलाई पुनः प्रदर्शन गरिने तयारी छ ।