
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच दोश्रो नेपाल चेम्बर व्यावसायिक छात्रवृत्ति सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रममा चेम्बर र फाउण्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट चेम्बरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका तर्फबाट फाउण्डेसनका अध्यक्ष पंकज जालानले हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रेष्ठले जिल्ला चेम्बर मार्फत विपन्न वर्गका प्रतिभाशाली विद्यार्थीहरु छनोट गरी छात्रवृति वितरण गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्