१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस बैठक १९ गतेसम्मका लागि स्थगित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ ।

मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यको धारणा राख्ने क्रमलाई रोकेर कांग्रेसले १९ गतेसम्मका लागि बैठक स्थगित गरेको छ । केन्द्रीय समिति बैठक पुस १९ गते दिउँसो १ बजे बस्ने सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि बैठक बसेको थियो । उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले आन्दोलन गर्न लागेको छ । पार्टीले पुस १३ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

यस्तै १६ गते मेलमिलाप दिवसमा जिल्ला कार्यसमितिहरूले कार्यक्रम गर्ने भएकाले जारी बैठक स्थगन गर्नुपरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठक शुक्रबारसम्म चलेको थियो ।