
रुकुम पश्चिम । चौरजहारीमा सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा चार जना घाइते भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा सडक निर्माणको विषयमा विवाद हुँदा झडप भएको हो ।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । पुरानो ठाउँबाटै सडक सञ्चालन गर्नुपर्ने र नयाँ ठाउँमा सडक बनाउन खोज्ने समूहबीच झडप भएको हो ।
झडपमा सोही वडाका ४२ वर्षीय शंकर जैसी, कृष्णप्रसाद जैसी, सुरेश शर्मा र बहादुर जैसी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते शंकर जिसीलाई थप उपचारका नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्