
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल र्याली निकालेको हो ।
बबहरमहलबाट शुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्ग सम्म पुगेको छ । र्यालीमा राप्रपाका अध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरू सहभागी छन् ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्