
फाइल फाेटाे
काठमाडौं । चिनी मिलबाट उखुको बक्यौता भुक्तानीको माग गर्दै आएका उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
विभिन्न जिल्लाबाट आएका उनीहरूले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने उखु किसानहरूले बताएका छन् । चिनी उद्योगीहरूबाट उखु किसानहरूले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
सरकारले गत वर्ष चिनी उद्योगी र उखु कृषकबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्षसम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरू यस वर्ष पनि काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्