
पोखरा । नेकपा नेता महेश बस्नेतले नेपाली राजनीतिमा हुने अन्तर्राष्ट्रिय हस्तक्षेप नियन्त्रण भएको दावी गर्नु भएको छ ।
नेपाल युवा संघले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिमा अन्तर्राष्ट्रिय हस्तक्षेप नियन्त्रण भएको बताउनुभएको हो । उहाँले केपी ओली सरकारमा आएपछि अन्तर्राष्ट्रिय सम्बन्धहरू सुदृढ हुँदै गएको बताउनुभएको छ ।
नेता बस्नेतले दुईवटा पार्टी एकीकरण भएकै दिनबाट प्रधानमन्त्री ओलीविरुद्ध षड्यन्त्र र तानाबुना बुन्न थालिएको जिकिर गर्नुभयो । ‘जबदेखि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण भयो, त्यहिदिनदेखि प्रधानमन्त्रीविरुद्ध षडयन्त्र शुरु भएको हो’, नेता बस्नेतले भन्नुभयो ।
नेता बस्नेतले पार्टी विभाजन गरेर कम्युनिष्ट आन्दोलनलाई जोगाउन नसकिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्