
काठमाडौं । कोरोना संक्रमित भएर कक्षा १२ को परीक्षामा सामेल हुन नपाएका विद्यार्थीहरूको परीक्षा पुस १६ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म आ–आफ्नै विद्यालयमा सञ्चालन हुनेछ । यसपटकको परीक्षामा सहभागी नहुनेका लागि पुन: अर्को परीक्षाको व्यवस्था नगरिने बोर्डले जनाएको छ ।
यस पटकको परीक्षामा जम्मा १ सय १० जना परीक्षार्थी सहभागी हुनेछन् । यसअघि कोरोना महामारीका कारण स्थगित परीक्षा पुस ९ गते देखि १६ गतेसम्म सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्