१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ५ सय जनामा कोरोना संक्रमण, उपत्यकाका मात्रै २ सय ६७


0
Shares

काठमाडौं । नेपालमा ५ हजार ४३४ जनाको परीक्षण गर्दा ५ सय जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामा २ सय ६७ जना उपत्यकाका छन् ।

जसमा काठमाडौंमा २ सय ९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ ।

यस्तै थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।