
सर्लाही । छिमेकीको कुटपिटबाट मृत्यु भएका सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र महरा रामको तीन महिनापछि अन्त्येष्टि गरिएको छ । सङ्घीय सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेपछि मृतकका परिवारले शव बुझेर शनिबार अन्त्येष्टि गरेका हुन् ।
गत असोज २१ गते छिमेकीसँगको विवादका क्रममा कुटपिटबाट घाइते भएका कांग्रेस कार्यकर्ता रामको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न तीन जना पूर्पक्षमाका लागि थुनामा छन् भने केही व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
कांग्रेसले नेकपाका कार्यकर्ताको कुटाइबाट रामको मृत्यु भएको दाबी गर्दै आएको छ । उसनले मृतकका परिवारलाई आर्थिक सहयोग र कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै पटक–पटक प्रदर्शन गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्