२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


विपदमा परेका ११ परिवारलाई नमोबुद्धको राहत


0
Shares

काभ्रे । नमोबुद्ध नगरपालिकाले विपदमा परेका ११ परिवारलाई राहत प्रदान गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पीडितलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै सहयोग अभियान सुरुवात गर्नुभएको हो ।

नमोबुद्ध नगरपालिकाले यही बर्षदेखि कार्यविधि निर्माण गरी विपदमा परेका नगरबासीलाई सहयोग गर्न थालेको हो । कार्यबिधिअनुसार विभिन्न प्रकोपबाट ५ लाखसम्म क्षति भएका परिवारलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

यस्तै, ५ देखि १० लाखसम्म क्षति भएकाले १५ हजार तथा १० लाख भन्दा बढी क्षति भएकाले २० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी सडकमा अलपत्र परेकाहरूको उद्धारलाई पनि तीब्रता दिएको छ ।