१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तु र सप्तरीमा जसपाको मसाल जुलुस


26
Shares

कपिलवस्तु/सप्तरी । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु र सप्तरीमा मसाल जुलुस निकालेको छ ।

साँझ कपिलवस्तुको जितपुरलगायत जिल्लाको १० वटै पालिकाहरूमा मसाल जुलस निकालिएको जसपाले जनाएको छ । अलोकतान्त्रिक, असंवैधानिक तरिकाबाट गरिएको विघठनको विरोधमा मसाल जुलुस निकालिएको जसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताउनुभयो ।

यस्तै, सप्तरीमा पनि प्रतिनिधि सभा विघटनको विरोधमा जसपाले सदरमुकाम राजविराजमा मशाल जुलुस निकालेको छ । राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै शहिद दशन चोकमा पुगेर विरोधसभामा परिणत भएको छ । जुलुसमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गरेका छन् ।