१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ जनादेशमा जानुको विकल्प छैन – मन्त्री रायमाझी

आफ्नो प्रस्ताव मानेमा अझै साथ दिन तयार रहेको रायामाझीको संकेत

0
Shares

kp oli

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

ललितपुर क्षेत्र नं १ मा शनिबार आयोजित भेलामा उहाँले राष्ट्र निर्माणका लागि नेकपाका दुवै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुने उल्लेख गर्नुभयो ।

‘यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो । हामी मिलेर पार्टी एकताको पहल गरौं’, प्रचण्ड–नेपाल समूहतर्फ ईङ्कित गर्दै उहाँले भन्नुभयो, ‘अन्तर विरोधको हलतिर लागौँ । हामी तपाईंहरूलाई अझै साथ दिन तयार छौं । यदी हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानु बाहेक अन्य विकल्प रहेको छैन ।’

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूल्ठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिधाउन खाजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो ।’ रासस