
काठमाडौं । बेलायतमा हालै देखा परेको नयाँ भाइरसको भेरिएन्ट युरोपेली मुलुकहरुमा पनि देखा परेको छ ।
नयाँ प्रकारको यो भाइरस दक्षिण अफ्रिका र बेलायतमा देखा परेकोमा हाल युरोपका कयौं राष्ट्रहरुमा पनि देखा परेको हो ।
हाल यो भाइरस जापान, अष्ट्रेलिया, डेनमार्क, र नेदरल्याण्ड्समा पनि देखा परेको छ । फ्रान्सले बेलयतमा हालै देखा परेको नयाँ भाइरस आफनो देशमा पनि देखा परेको पुष्टी गरेको छ ।
बेलायतबाट हालै फ्रान्स फर्केका ब्यक्तिमा नयाँ भाइरस देखा परेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी स्पेन, स्वेडेन र स्वीट्जरल्याण्डमा हालै बेलायतबाट फर्केका ब्यक्तिहरुबाट यो भाइरस फैलिएको छ ।
युरोपेली संघ इयुमा आवद्ध राष्ट्रहरुमा भाइरस नियन्त्रणका लागि धमाधम खोप लगाउन शुरु गरिएको छ ।
कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको डब्ल्युएचओले पुष्टी गरेको छ ।
यसैबीच फ्रान्स, इटली र स्पेनमा आजबाट खोप बितरण शुरु गरिेने भएको छ ।
नयाँ प्रकारको भाइरसको यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ ।
नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्