७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बेलायतका विभिन्न शहरमा कडा प्रतिबन्ध


0
Shares

काठमाडौं । बेलायतको राजधानी लन्डन लगायतका विभिन्न भागमा कोरोनाको नयाँ संक्रमण देखिए पछि बेलायतका अन्य शहरहरुमा पनि थप प्रतिबन्ध लगाइएको छ ।

यसअघि नै ‘टियर ४’ अन्तर्गत कडा प्रतिबन्धको घोषणा गरिएको थियो । ‘स्टे होम’ को आदेश जारी गरिएको यस प्रतिबन्धलाई लकडाउनकै अर्को रुप मानिएको छ ।

कोभिडको उच्च जोखिम भएका स्थानहरुमा ‘टीयर ४’ लागू गरिएको छ । स्कटल्याण्ड र नर्दर्न आएरल्याण्डमा लकडाउन जारी भएको छ ।

पछिल्लोपटक लागू गरिएको प्रतिबन्धका कारण बेलायतमा थप ६० लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएका छन् ।

बेलायतमा २४ मिलियन मानिस अर्थात कुल जनसंख्याको ४० प्रतिशत कोरोना संक्रमणको अति उच्च जोखिम अन्तर्गत पर्दछन् ।

यस अन्तर्गत अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु बन्द गर्न निर्देशन दिइएको छ । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण फैलिएपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ ।

संक्रमित संख्या गत अप्रिल पछिकै सबैभन्दा उच्च भएको छ । हाल बेलायतमा फाइजर बायोएनटेकद्वारा विकसित कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य चलिरहेको छ ।

एक व्यक्तिको लागि दुई डोजको आवश्यकता पर्ने उक्त भ्याक्सिन हालसम्म करिब ६ लाख १७ हजारलाई दिइसकेको सरकारको तथ्यांकमा उल्लेख छ । एजेन्सी