१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पौष १५ सम्म पहिलो किस्ताको अनुदान नलिए लाभग्राहीको सुचीबाटै हट्ने


0
Shares

National Reconstruction Authority

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिनैपर्ने जनाएको छ ।

अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै अनुदान नलिए स्वतः लाभग्राहीको सूचीबाट नाम हट्ने प्राधिकरणले जनाएको छ ।

घर बनाउनेले माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो किस्ताका लागि आवेदन दिइसक्नुपर्छ । प्राधिकरणका अनुसार हालसम्म ५ लाख ५८ हजार निजी आवास पुनर्निर्माण भइसकेको छ ।

यसमध्ये ७ लाख २५ हजार निजी आवास पुनर्निर्माण हुँदैछ भने ६ लाख ८३ हजार लाभग्राहीको दोस्रो किस्ता भुक्तानीका लागि र ६ लाख २३ हजार लाभग्राहीको तेस्रो किस्ताको भुक्तानीको लागि प्रमाणीकरण गरिसेकेको प्राधिकरणले जनाएको छ ।

हालसम्म नीजि आवासतर्र्फ ९० प्रतिशत काम सम्पन्न गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासो सम्बोधन गरेको गरिसकेको छ । यससँगै १ लाख ६ हजार ४ सय ६५ जना लाभग्राही थपिएका छन् ।