
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति ना ५ ख ३२०४ नम्बरको ट्रकको ठक्कर बाट गुल्मी रेसुङ्गा भंगराका २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
चालक र ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्