१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो


0
Shares

विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।

प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।