
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती एवं प्रथम महिला मेलानिया ट्रम्पको तस्बिरलाई प्राथमिकताका साथ नछापेको भन्दै मिडियाहरूमाथि असन्तुष्टि पोख्नुभएको छ ।पछिल्लो चार वर्षमा कुनै पनि ठूलो म्यागेजिनले मेलानियालाई आवरण पृष्ठमा स्थान नदिएको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएकाे हाे ।
मेलानिया अमेरिकी इतिहाचसकै सबैभन्दा सुन्दर प्रथम महिला हुँदा पनि मिडियाले नजरन्दाज गरेको ट्रम्पको आरोप छ । बाराक ओबामा दुईपटक राष्ट्रपति हुँदा प्रथम महिला मिशेल ओबामाको १२ वटा ठूला म्यागेजिनले आवरण पृष्ठमा तस्बिर छापेको ट्रम्पको भनाइ छ । ओबामा दुईपटक गरेर ८ वर्ष राष्ट्रपति बन्नुभएकाे थियाे ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी मिडियाकाे भेदभावपूर्ण आचरणकाे आलाेचना गर्नुभएको छ । चार वर्ष राष्ट्रपति हुँदा मेलानियालाई चासो नदिएका मिडियाहरूले कार्यकाल सकिन लागे पछि मेलानियाको प्रशंसा गर्न थालेकाे ट्रम्पको भनाइ छ ।
ट्रम्पको आरोपपछि केही म्यागेजिनहरूले यसकाे खण्डन गरेका छन् । उनीहरूको ट्रम्पको आरोप आधारहीन भएको टिप्पणी गरेका हुन् ।
यद्यपि ट्रम्पका समर्थकहरूले भने मिडियाले जानीजानी मेलानियालाई स्थान नदिएको आरोप लगाएका छन् । साथै उनीहरूले अमेरिकी मिडिया ट्रम्पको विषयमा गलत समाचार फैलाउन माहिर रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्