
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । शनिबार दाङमा भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराएको हो ।
मौसमका कारण १३ ओभरमा छाेट्याइएकाे खेलमा पहिले ब्याटिङ्ग गरेको कर्णालीले ६ विकेट गुमाएर ३४ रन बनाएको थियो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जाेड्न सकेनन् । लुम्बिनीकी नेरी थापाले दुई, सरिता मगर र गिता गोसाईंले समान एक–एक विकेट लिए ।
लुम्बिनीले एक विकेट गुमाएर ३५ रनको सामान्य लक्ष्य पूरा गर्यो । अतिरिक्त २० रन पाएको लुम्बिनीकी नेरी थापा ९ रन र सरस्वती मगर ३ रनमा अविजित रहिन् । ओपनर गिता गोसाईं ४ रनमा आउट भइन् । कर्णालीकी अन्जु गुरुङले एक विकेट लिइन् ।
लगातार दुई खेलमा जित निकाल्दै शीर्ष स्थानको लुम्बिनीले ४ अंक जोडेको छ । कर्णाली अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्