२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


देशमा संकटकाल लाग्न सक्छ : नेता गुरुङ


0
Shares

लमजुङ । प्रचण्ड–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य देव गुरुङले देशलाई अस्थिरतामा लगेर सरकारले संकटकाल लगाउन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।

लमजुङ सदरमुकाम बेसीसहरमा प्रचण्ड–नेपाल समूहका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग बोल्दै नेता गुरुङले सरकार संकटकाल लगाउने तयारीमा पुगेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटन हिजोका राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको जस्तै असंवैधानिक ‘कु’ भएको नेता गुरुङले बताउनुभयो । गुरुङले संविधानमा व्यवस्था नै नभएको प्रतिनिधि सभा विघटन गरेर सरकारले विदेशी सेना भित्र्याउने बाटो खुला गरेको बताउनुभयो ।