
सर्लाही । सरकारले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस सर्लाहीले राँके जुलुस निकालेको छ ।
प्रतिनिधि सभा विघटन विरुद्ध सोमबार गर्न लागिएको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा कांग्रेसले सर्लाहीका विभिन्न पालिकाहरूमा राँके जुलुस निकालेको हो ।
असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभा विघटनको विरोध स्वरूप राँके जुलुस निकाल्नु परेको कांग्रेसका इश्वरपुर नगर सभापति बेचुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
कांग्रेसले सोमबार देशव्यापी प्रदर्शनको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्