१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तालिवान र अफगान सरकारबीच शान्ति वार्ता कतारमा हुने


0
Shares

काठमाडौं । तालिवान र अफगान सरकारबीच दोस्रो चरणको शान्ति वार्ता जनवरी ६ मा कतारको दोहामा हुने भएको छ । तालिवान समूह र सरकारबीच सेप्टेम्बर १२ मा पहिलो चरणको वार्ता भएको थियो ।

दोस्रो चरणको वार्ता जनवरी ६ देखि दोहामै हुने राष्ट्रिय मेलमिलाप उच्च परिषद्का प्रवक्ता फराइदुन ख्वाजुनले जानकारी दिनुभयो । वार्ता समितिको नेतृत्व गर्नुभएका अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अब्दुल्ला अब्दुल्लाबीच भएको भेटवार्ता भई वार्ताका लागि स्थान र मिति तय भएको हो ।

घानीले दोस्रो चरणको वार्तामा सरकारको सहयोग थप सशक्त रहने बताउनु भएको छ । दुवै पक्षका वार्ताकारहरूले महिनौंदेखिको वार्ताले कुनै औचित्यपूर्ण परिणाम दिन नसकेपछि बैठकलाई केही समयका लागि भन्दै स्थगित गरेका थिए ।एजेन्सी