
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ। खुमलटार स्रोतका अनुसार उपमन्त्री येचौसहितको टोली दाहाल निवास खुमलटार पुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई वटा भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीको टोली हिजो काठमाडौं आएको हो । काठमाडौं आउनासाथ यैचोसहितको टोलीले आफ्नो सक्रियता बढाएको छ । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई हिजै नै भेटेका छन् ।
आज उनीहरुले दाहाल-नेपाल समुहका नेतालाई भेट्ने कार्यक्रम छ । सोही अनुसार अहिले उनीहरु दाहाल निवास खुमलटार पुगेका हुन् । उनीहरु कसको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो थाहा नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उच्चस्तरीय राजनितिक भ्रमण तथा भेटघाट गर्दा परराष्ट्र मन्त्रालयलाई जानकारी हुनुपर्ने व्यवस्था छ । चिनियाँ टोलीले सुरक्षा पनि लिन नमानेको प्रहरी अधिकारीले बताएका छन् । तर उनीहरु आएसँगैं काठमाडौंको सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।
कोरोना जोखिममा स्वास्थ्य सतर्कता अपनाउँदै उनीहरु पीपीई लगाएरै विमानबाट उत्रेका थिए । उनीहरुलाई लिन नेपालका लागि चीनकी राजदूत होउ यान्छी विमानस्थल पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्