२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य बढ्यो


0
Shares

काठमाडौं । सुनको मूल्य सोमबार तोलामा सात सय रुपैयाँले बढेको छ ।

सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार यो ९४ हजार दुई सय रुपैयाँ थियो ।

महासंघका अनुसार चाँदी पनि प्रति तोला ३५ रुपैयाँ बढेको छ । सोमबार चाँदीको भाउ प्रति तोला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार यसको भाउ एक हजार २ सय ८० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो ।