
काठमाडौं । उखु किसानलाई सरकारले वार्ताका लागि बोलाएको छ । आँज दिउँसो अपरान्ह ३ बजे उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिनुभयो ।
आफूहरुको मागप्रति सरकार केही सकारात्मक देखिएकोले वार्ताका लागि आफूहरु पनि तयार भएको उहाँले बताउनु भयो । सरकारले आफूहरुको माग पूरा हुने ग्यारेन्टी दिएमात्रै सरकारसँग सहमति गरिने उखु किसानको अडान छ ।
प्रतिक्रिया दिनुहोस्