७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गोविन्द केसीको समर्थनमा काठमाडौं विशाल प्रदर्शन


0
Shares

काठमाडौं, साउन ५ । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौं विशाल प्रदर्शन भएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारकर्मी कृष्ण पहाडी पनि सडकमा उत्रिएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताए ।

उहाँले सत्याग्रही डा. केसीको माग सम्बोधन नगरे मुलुकमा आगो बल्ने चेतावनी दिए ।

यसैबीच, तरुण दलको प्रदर्शनका क्रममा बानेश्वर तनाव उत्पन्न भएको छ । डा. गोविन्द केसीका समर्थकहरुको कार्यक्रम भइरहेका बेला तरुण दलको पनि प्रदर्शन पुगेको थियो ।

तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।

अहिले तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् ।