१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्रोयसियामा ६.४ रेक्टरको भूकम्प, १२ वर्षीया बालिकासहित ७ जनाको मृत्यु


0
Shares

एजेन्सी । क्रोयसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको छ । सैयौं मानिस घाइते भएका छन् भने सैयौं घरहरू भत्किएका छन् । अहिले पनि उद्दारको कार्य जारी रहेको सरकारी एन१ टेलिभिजनले जनाएको छ ।

सोमबार पनि क्रोयसियामा ५.२ रेक्टर स्केलको भूकम्पको कम्पन महसुस गरिएको थियो । भूकम्पको झड्का ब्रोसिया, सर्बिया र इटलीमा समेत महसुस गरिएको थियो ।