२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


बेलायतमा कोरोना संक्रमणकाे रेकर्ड


0
Shares

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण दर अहिलेसम्मकै उच्च पाइएको छ । मंगलबार बेलायतमा अहिलेसम्मकै बढी ५३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै ४ सय १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसअघि बेलायतमा एक दिनमा ४१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने एक दिनमा मृतकको संख्या २ सय ५७ थियो । परीक्षण कम भए पनि संक्रमणको दर उच्च रहेकाले नयाँ किसिमको कोरोना भाइरस हुनसक्ने बीबीसीको अनुमान छ । बेलायतमा क्रिसमसको समयमा कोरोनाको संक्रमण बढेको थियो ।

बेलायतमा नयाँ किसिमको कोरोना देखिएपछि विश्वका ४० भन्दा बढी देशले बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाएका छन् । बेलायतमा फेला पारिएको नयाँ किसिमको कोरोना भाइरस भारतमा समेत आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।