
एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण संकटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै समुदायलाई सन् २०२१ उपचारात्मक वर्षको रूपमा मनाउन भिडियो सन्देश आह्वान गर्नुभएको छ । भिडियो सन्देशमार्फत नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले महामारीका विरुद्धमा सँगसँगै लड्नु पर्नेमा जोड दिनुभएको छ ।
सन्देशमा गुटरेसले शान्ति स्थापनाका लागि सँगसँगै काम गर्न, सहकार्य गर्न र अवरोध तथा समस्याहरूको सामना पनि गर्न सुझाव दिनुभएको छ । सन् २०२० भरी कोरोना भाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उहाँको जोड छ ।
कोरोना भाइरसका कारण विश्वमा हालसम्म १७ लाख ९४ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ करोड ८२ लाख ७० हजार बढी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्