
एजेन्सी । प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड, आर्सनल र लिड्स युनाइटेड विजयी भएका छन् ।
तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले पराजित गरेको हो । कठिन खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरे ।
जितसँगै म्यानयूले अंक तालिकामा शिर्ष स्थानको लिभरपुलसँग दुरी छोट्याएको छ । १५ खेलबाट लिभरपुलको ३२ अंक छ भने म्यान्चेस्टर युनाइटेडको ३० अंक भएको छ ।
प्रिमियर लिगकै अर्को खेलमा गएराति आर्सनलले ब्राइटनलाई १–० ले हराउँदा लिड्स युनाइटेडले वेष्ट ब्रोममाथि ५–० को फराकिलो जित निकालेको छ । यसैगरी बर्न्लेले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्दा वेष्ट ह्याम युनाइटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्